मन्त्रालयको मुख्य कार्यहरु:


यस मन्त्रालयले आर्थिक अवस्थाको विश्लेषण गरी आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशको आर्थिक श्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व बोकेको छ। प्रदेशको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन गरी प्रदेश विनियोजना ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु सञ्चालन व्यवस्थापन लगायतका मूलभुत कार्यहरु आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्दछ। प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार यस मन्त्रालयको मुख्य कार्य जिम्मेवारी निम्न रहेका छन्:-