प्रशासन महाशाखा
- कानूनी विषयमा मन्त्रालयका अन्य महाशाखा तथा निकायबाट आएका कानूनी मस्यौदा तथा मापदण्डको तर्जुमा सम्बन्धी काम।
- कर्मचारी प्रशासन सम्बन्धी सङ्गठन, दरबन्दी, पदपूर्ति, पदश्रृजना, खारेज सम्बन्धी प्रक्रियागत कार्यहरु सम्बन्धी काम।
- मानव संशाधन विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन सम्बन्धी काम।
- मन्त्रालयको आन्तरिक सुरक्षा एवम् आन्तरिक व्यवस्थापन सम्बन्धी काम।
- अभिलेख तथा विद्युतीय शासन सम्बन्धी काम।
- अर्थ मन्त्रालय, सङ्घीय सरकारका मन्त्रालयहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क र समन्वय गर्ने काम।
कर्मचारी प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कर्मचारीहरूको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा र अनिवार्य अवकाश सम्बन्धी काम।
- मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूलाई दिइने पुरस्कार एवम् विभागीय सजाय सम्बन्धी काम।
- मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको कार्य विवरण, अर्ध वार्षिक एवम् वार्षिक कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी काम।
- मन्त्रालय र अन्तर्गत निकायको सङ्गठनात्मक स्वरूप सम्बन्धी काम।
- मन्त्रालय र अन्तर्गत निकायको लागि आवश्यक जनशक्ति व्यवस्था सम्बन्धी काम।
- कर्मचारीहरूको विवरण अद्यावधिक अभिलेख सम्बन्धी काम।
- मन्त्रालयमा कार्यरत कर्मचारीको क्षमता विकास (तालिम, सेवाकालीन तालिम, गोष्ठी, अभिमुखीकरण र अध्ययन आदि) सम्बन्धी काम |
- बागमती प्रदेशमा समायोजन भएका नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूको सरुवा सम्बन्धी काम।
- स्वदेश तथा विदेशमा सञ्चालन हुने तालिम, गोष्ठी र अध्ययन मनोनयनका लागि प्रारम्भिक प्रकृया अगाडि बढाउने काम।
- कर्मचारीका सम्पत्ति विवरण सम्बन्धी काम |
- मन्त्रालयको मूल दर्ता चलानी तथा जनसम्पर्क तथा रिसेप्सन सम्बन्धी कार्य।
- मन्त्रालयमा मासिक बैठक आयोजना।
- अधिकार प्रत्यायोजन सम्बन्धी कार्यहरू।
- सार्वजनिक खरिद इकाइको रुपमा कार्य गर्ने।
- अन्य शाखामा नतोकिएका भैपरी आउने कार्यहरु।
जिन्सी तर्फ:
- जिन्सी अभिलेख, जिन्सी आम्दानी खर्चको अभिलेख व्यवस्थापन |
- जिन्सी सामग्रीहरु नियमानुसार अभिलेख, वितरण, खर्च तथा सुरक्षा।
- स्थायी सम्पत्तिको अभिलेख व्यवस्थापन।
- जिन्सी मौज्दातको वार्षिक विवरण तयारी।
- सवारी साधन र अन्य सामानहरुको मर्मत तथा संभार सम्बन्धी काम |
- कार्यालयमा रहेका सवारी साधनहरुको इजाजत नवीकरण सम्बन्धी काम |
- मन्त्रालयको भण्डार सञ्चालन।
आर्थिक प्रशासन शाखा
- मन्त्रालयको वार्षिक बजेट तर्जुमा (चालू खर्च) निकासा एवम् खर्चको प्रबन्ध सम्बन्धी काम।
- सार्वजनिक खरिद ऐन, २०६३ र ततसम्बन्धी नियमावली अनुसार सार्वजनिक खरिद सम्बन्धी काममा राय / परामर्श प्रदान गर्ने काम।
- आय - व्ययको आन्तरिक एवम् अन्तिम लेखा परीक्षण |
- पेश्की र बेरुजूको लगत राख्ने, सम्परीक्षण गराउने एवम् फछ्रयौट र अद्यावधिक गराउने काम।
- मातहतका निकायहरूलाई आर्थिक प्रशासन सम्बन्धी निर्देशनको लागि सिफारिस गर्ने सम्बन्धी काम।
- शाखाहरूलाई लजिष्टिक सपोर्टको लागि बजेट व्यवस्था।
- मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा एवम् मर्मत संभार, लिलाम, मिन्हा सम्बन्धी काममा सहयोग।
- मेशीन, उपकरण सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने मापदण्ड र नम्स निर्धारण सम्बन्धी काममा सहयोग।
सूचना प्रविधि शाखा
- विद्युतीय सूचना सङ्कलन र अभिलेख सम्बन्धी काम।
- सबै महाशाखा/शाखासँग समन्वय गरी मन्त्रालयका आवश्यक विद्युतीय प्रकाशन तथा डिजाइन सम्बन्धी काम।
- भौगोलिक सूचना प्रणाली (GIS) सम्बन्धी।
- मन्त्रालयका टेलिफोन, फोटोकपी मेसिन, इत्यादि सुचारु रुपले सञ्चालन व्यवस्थापमा प्राविधिक सहयोग सम्बन्धी काम।
- विद्युतीय माध्यमबाट अन्य मन्त्रालय तथा कार्यालयहरुसँग सम्पर्क, इमेल व्यवस्थापन, Software Development, Networking, Website Management and Server Management सम्बन्धी कार्य र मन्त्रालयमा प्रयोग हुने सफ्टवेयरहरुमा प्राविधिक सहयोग सम्बन्धी काम।
- साइबर अपराध रोकथाम सम्बन्धी।
- National Information Technology Center, सिंहदरबार र Disaster Recovery Center (DRC), हेटौंडासँग server hosting लगायत सूचना प्रविधिको क्षेत्रमा संस्थागत समन्वय गर्ने काम।
- सूचना तथा सञ्चार एवम् विद्युतीय सामाग्रीहरुको खरिदको सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहयोग गर्ने काम।
कानून तथा फैसला कार्यान्वयन शाखा
- मन्त्रालयसँग सम्बन्धित ऐन, नियममा सुधार गर्ने एवम् विधेयक तर्जुमा सम्बन्धी कार्य।
- प्रदेश राजपत्रमा प्रकाशन गरिनु पर्ने सूचना सम्बन्धी विषय।
- मन्त्रालय विरुद्ध परेका रिट निवेदन र पुनरावेदन लिखित जवाफ, पुनरावेदनपत्र तयार गरी सम्बन्धित निकायमा पठाउने काम।
- कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी निर्णय उपरको निवेदन, पुनरावेदन।
- मन्त्रालय पक्ष हुने सहमति, सम्झौता, समझदारी पत्रमा कानूनी राय परामर्श।
- शाखाबाट प्रदान भएका राय एवम् शाखासँग सम्बन्धित विषयको निर्णयानुसार बनाउने काम।
- मन्त्रालयसँग सम्बन्धित अदालती फैसलाको अभिलेख तथा कार्यान्वयन सम्बन्धी काम |
बजेट, योजना तथा कार्यक्रम महाशाखा
- प्रदेश स्तरीय विकास नीति, आर्थिक नीति र प्राथमिकता अनुरुप वार्षिक बजेट तथा कार्यक्रमको तर्जुमा र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी।
- प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन।
- मन्त्रालय एवम् अन्तर्गत निकायको आवधिक तथा वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी |
- विकास आयोजना तर्जुमा सम्बन्धी नीति एवम् निर्देशन।
- मध्यमकालीन खर्च संरचना तथा विकास आयोजना परियोजनाहरूको लगानी र खर्च समन्वय।
- प्रदेशस्तरको बजेट नियमन, आन्तरिक नियन्त्रण तथा आर्थिक अनुशासन।
- प्रदेश पुरक अनुमान तथा पेश्की खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी।
- राजस्व र व्ययको अनुमान तयारी सम्बन्धी काम।
- सबै प्रकारका अनुदानको सदुपयोग।
- संघीय अर्थ मन्त्रालयसँग समन्वय सम्बन्धी कार्य।
बजेट तथा कार्यक्रम शाखा
- आर्थिक कार्यविधि ऐन तयारी तथा पूरक बजेट सम्बन्धी कार्य गर्ने।
- शाखाको कार्य विवरणमा रहेको योजना, परियोजना एवम् सङ्घ संस्थाको वार्षिक योजना कार्यक्रम एवम् बजेट तर्जुमा सम्बन्धी कार्य।
- सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने।
- PLMBIS सफ्टवेयरको संचालन र व्यवस्थापन, सो सफ्टवेयर मार्फत बजेट निर्माण, कार्यक्रम संशोधन, रकमान्तर सम्बन्धी तथा बजेट बाँडफाँड सम्बन्धी कार्य।
- मध्यमकालीन खर्च संरचना तयार गर्ने।
- वार्षिक बजेट, विनियोजन ऐन र विकास कार्यक्रमको तर्जुमा तयारीको नेतृत्व गर्ने।
- आयव्ययको प्रक्षेपण गरी सङ्घीय अर्थ मन्त्रालयमा पठाउने।
- स्वीकृत आयोजना एवम् कार्यक्रम सम्बन्धित निकायलाई जानकारी गराउने कार्य।
- आयोजना कार्यान्वयनमा देखिएका जटिलतालाई सम्बोधन गर्ने कार्य।
- प्रादेशिक मन्त्रालय र निकायहरुबाट पेश भएका ऐन, नियम, कार्यविधि, मापदण्ड, निर्देशिका स्वीकृतिका लागि राय / सहमति प्रदान गर्ने I
- वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको अनुगमन तथा मुल्याङ्कन।
प्रादेशिक योजना तथा अनुगमन शाखा
- प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन।
- राष्ट्रिय तथा अन्तर प्रदेश विकास आयोजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग।
- संघसँगको अन्तरसरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य।
- अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गतका सबै अनुदानहरुको सिलिड निर्धारण तथा योजना / कार्यक्रमहरुको प्राथमिकिकरण, छनौट तथा सिफारिस।
- अन्तरसरकारी वित्तीय हस्तान्तरणको कार्यान्वयन सम्बन्धमा स्थानीय तहहरुलाई जानकारी, निर्देशन एवम् मार्गनिर्देशन।
- समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका योजना/कार्यक्रमहरुमा रकम निकासा।
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धी स्थानीय नीति एवम् मापदण्ड तर्जुमा।
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यक्रम तर्जुमा तथा आयोजना / कार्यक्रमहरुको नियमित अनुगमन एवम् मूल्याङ्कनको व्यवस्था।
- प्रादेशिक योजनाहरूको प्राथमिकता निर्धारण।
- प्रादेशिक योजनाहरुको कार्यान्वयन सम्बन्धी मन्त्रालयगत कार्ययोजना तयार गर्ने एवम् योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका सम्बन्धमा सम्बन्धित मन्त्रालय / नियकासँग अन्तरक्रिया, छलफल, अनुगमन गरी प्रतिवेदन गर्ने।
- संघ, प्रदेश र स्थानीय तहका योजना प्रणालीबीच समन्वय सम्बन्धी कार्य।
- मन्त्रालयले आयोजना गर्ने वार्षिक, अर्धवार्षिक एवम् त्रैमासिक प्रगति समिक्षा कार्यक्रम सञ्चालन।
- प्रादेशिक योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको यथार्थ अवस्था झल्कने गरी प्रचलित कानूनले तोके बमोजिम प्रकाशन गर्नुपर्ने प्रगति विवरणहरुको तयारी, छलफल एवम् सम्पादन।
- सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान सम्बन्धमा सिफारिस गर्ने कार्य।
- Project Bank सम्बन्धी सम्पूर्ण कार्यहरु।
- योजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण, छनौट, सिफारिस तथा सोको कार्यान्वयनका लागि आवश्यक ऐन, नियम, कार्यविधि, मापदण्ड एवम् दिग्दर्शनको तर्जुमा।
राजस्व तथा वित्त व्यवस्थापन महाशाखा
- घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना सङ्कलन, बाँडफाँट र उपयोग सम्बन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन।
- राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
- मन्त्रालयको वैदेशिक सहयोग नीति तर्जुमा सम्बन्धी कार्य।
- वैदेशिक अनुदान तथा सहयोग लिनका लागि नेपाल सरकारसँग पूर्व स्वीकृतिका लागि सम्पर्क र समन्वय।
- प्रदेश मन्त्रिपरिषद्लाई नेपाल सरकारबाट प्राप्त निर्देशनको कार्यान्वयन।
- सङ्घबाट स्वीकृत वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान उपयोग, लेखाङ्कन र प्रतिवेदन सम्बन्धी काम।
- सङ्घीय कानुन अनुसार प्राकृतिक स्रोतबाट रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण।
- प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिहरुको तर्जुमा, कार्यान्वयन र नियमन।
- प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन।
- आन्तरिक ऋण लिनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस र नेपाल सरकारसँग लिनुपर्ने सहमतिका लागि प्रस्ताव तयारी गर्ने कार्य।
- नेपाल सरकारबाट प्राप्त हुने ऋण सम्झौता सम्बन्धी कार्य।
- राजश्व छुट तथा सहमती सम्बन्धी विषयलाई निर्णयका लागि राय सहित पेश गर्ने।
- संघीय कानुन अनुसार प्राकृतिक स्रोतवाट प्राप्त रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण।
राजस्व व्यवस्थापन शाखा
- प्रदेशस्तरीय राजस्व अधिकार क्षेत्रभित्रका विषयमा वार्षिक अनुमान प्रस्ताव तयार गर्ने।
- अर्थ विधेयक तयारी सम्बन्धी कार्य गर्ने।
- एकल कर प्रशासन सम्बन्धी कार्य।
- सङ्घीय तथा प्रदेश कानुन बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था।
- सङ्घसँगको अन्तरसरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य।
- मन्त्रिपरिषद्मा लैजानुपर्ने राजस्व सम्बन्धीमा विषयमा प्रस्ताव गरि पेश गर्ने।
- राजश्व सम्बन्धी बेरुजु फछ्र्यौटको अनुगमन तथा सिफारिस।
- प्रदेश आर्थिक ऐन बमोजिम स्थानीय तहहरुले संकलन गरी प्रदेश सरकारलाई बाँडफाँड गर्नुपर्ने करको अनुगमन तथा नियमन सम्बन्धी कार्य।
- गैर कर राजस्व सम्बन्धी नीति तर्जुमा एवम् सोको कार्यान्वयन।
- वार्षिक राजस्व प्रक्षेपण गर्ने सम्बन्धी कार्य।
विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा
- प्रदेश तहमा कार्यक्रम सञ्चालन गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (INGOs) सँग समन्वय र सहजीकरण।
- मन्त्रालय सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग भएका वा हुने सहमति, सम्झौता आदिको अभिलेखाङ्कन, प्रतिवेदन, सम्बन्धी काम गर्ने र सोका लागि सङ्घीय अर्थ मन्त्रालयसँग समन्वय गर्ने कार्य।
- अन्तराष्ट्रिय सहयोग परिचालनका लागि अन्तरशाखा समन्वय र सहजिकरण गर्ने कार्य।
- प्रदेश विकास सहायता नीति बमोजिम अन्तर्राष्ट्रिय सहायता सम्बन्धी प्रदेश नीति र प्राथमिकता अनुसार वैदेशिक सहयोगका कार्यक्रमको पहिचान गर्ने कार्य।
- अन्तर-सरकारी वित्त परिषद्को बैठक सम्बन्धी कार्य।
आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा:
- प्रादेशिक आर्थिक विकास सन्तुलन सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन।
- वित्तीय क्षेत्र नियमन तथा सुधार मापदण्ड तयारी सम्बन्धी काम।
- बीमा, बैङ्क, वित्तीय संस्था, सहकारी क्षेत्र नियमन तथा समन्वय सम्बन्धी काम।
- स्थानीय तथ्यांक सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने।
- प्रदेश सरकारबाट प्रदान गरिने सहुलियतपूर्ण ऋणको व्यवस्थापन तथा नियमन गर्ने।
- प्रादेशिक समष्टिगत आर्थिक परिसूचकहरुको अवस्थाको विश्लेशण गर्ने।
- आवधिक योजना र वार्षिक वजेट तर्जुमाका लागि नीतिगत सुझाव प्रदान गर्ने।
- प्रदेश सरकारको खर्च प्रणाली सुधारका लागि उपयुक्त रणनीतिहरु पहिचान गरी सिफारिस गर्ने।
आर्थिक विश्लेषण शाखा
- संविधानमा प्रदेश अधिकार र साझा अधिकार सूचीमा रहेको तथ्याङ्क, मानक, मापदण्ड, संहिता सम्बन्धी विषयको तथ्याङ्क एवम् सूचना सङ्कलन, प्रोसेसिङ् तथा विश्लेषण व्यवस्थापन र अद्यावधिक गर्ने काम।
- तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि मेथोडोलजी तय गर्ने।
- अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा रहेका प्राकृतिक स्रोत साधन, कर सम्बन्धी प्रावधान, मापदण्ड, बाँडफाँड विषय सम्बन्धित तथ्याङ्क एवम् सूचना सङ्कलन व्यवस्थापन र अद्यावधिक गर्ने काम।
- विषयगत निकायहरुसँग तथ्याङ्कका लागि समन्वय गर्ने।
- तथ्याङ्क सुरक्षा र संरक्षणको व्यवस्था गर्ने।
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश कानुन बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय अनुदानको उपयोगिता विश्लेषण।
- अन्तर-सरकारी वित्त परिषद्को बैठकको निर्णय सम्बन्धी कार्य।
- प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धी विषयमा सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरु बीच उठ्न सक्ने संभावित विवादको विषयमा अध्ययन अनुसन्धान विश्लेषण र व्यवस्थापन।
- प्रदेश सभामा पेश गरिने आर्थिक सर्वेक्षण तयार गर्ने।
वित्तिय क्षेत्र व्यवस्थापन शाखा
- एक प्रदेशले अर्को प्रदेशका बासिन्दालाई वित्त सम्बन्धी विषयमा समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउने कार्य।
- बीमा, बैङ्क, वित्तीय संस्था, सहकारी क्षेत्र नियमन तथा समन्वय सम्बन्धी काम।
- प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन।
- आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य
सचिवालयहरु:
माननीय मन्त्रीको निजी सचिवालय
- माननीय मन्त्रीज्यूको कार्यसूची व्यवस्थित गर्न कार्यहरुको टिपोट गर्ने, अभिलेख राख्ने, माननीय मन्त्रीज्यूलाई जानकारी गराउने।
- माननीय मन्त्रीज्यूको निर्देशन बमोजिम जनसम्पर्कको कार्य गर्ने।
- माननीय मन्त्रीज्यूको निर्देशन बमोजिम मन्त्रालयका महाशाखा/शाखा तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क र समन्वयको कार्य गर्ने।
- सचिवालयमा प्राप्त कागजातहरुको अभिलेख राखी भए गरेका आदेश बमोजिम सम्बन्धित निकायमा पठाउने।
- माननीय मन्त्रीज्यूका बैठकहरुको उपयुक्त व्यवस्थापन, निर्णय प्रमाणिकरण, बैठकका निर्णय पुस्तिका व्यवस्थापन र सुरक्षा गर्ने।
- प्रदेश सभामा प्रस्तुत हुने र उठेका विषयहरुका सम्बन्धमा प्राप्त निर्देशन अनुसार गर्ने।
श्रीमान् सचिवको निजी सचिवालय
- प्रदेश सचिवको कार्यसूची व्यवस्थित गर्न कार्यहरूको टिपोट गर्ने, अभिलेख राख्ने, प्रदेश सचिवलाई जानकारी गराउने।
- प्रदेश सचिवको निर्देशन बमोजिम जनसम्पर्कको कार्य गर्ने।
- प्रदेश सचिवको निर्देशन बमोजिम मन्त्रालयका महाशाखा/शाखा तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क र समन्वयको कार्य गर्ने।
- सचिवालयमा प्राप्त कागजातहरूको अभिलेख राखी भए गरेका आदेश बमोजिम सम्बन्धित निकायमा पठाउने।
- मन्त्रालयको बैठकहरूको उपयुक्त व्यवस्थापन, निर्णय प्रमाणीकरण, बैठकका निर्णय कार्यान्वयनका लागि सम्बन्धित महाशाखा/शाखा तथा निकायहरुलाई जानकारी गराउने तथा निर्णय पुस्तिकाको सुरक्षा गर्ने।
- प्रदेश सचिवको अध्यक्षतामा गठित समिति / उपसमितिहरूको बैठकहरुको उपयुक्त व्यवस्थापन गर्ने, आवश्यकता अनुसार निर्णय प्रमाणीकरण, निर्णय प्रतिलिपि तयार, बैठकका निर्णय कार्यान्वयनका लागि निर्णय उतार गरी सम्बन्धित महाशाखा/शाखा तथा निकायहरुलाई जानकारी गराउने तथा निर्णय पुस्तिकाको सुरक्षा गर्ने।
- प्रदेश सचिवका तर्फबाट गर्नुपर्ने सिफारिसहरूका सम्बन्धमा सम्बन्धित महाशाखा/शाखा वा निकायहरुसँग सम्पर्क र समन्वय गरी गर्ने व्यवस्था मिलाउने।