सार्वजनिक निजी साझेदारीमा कार्यक्रम संचालन गर्ने सम्बन्धी समझदारी

प्रकाशित मिति : २०७५ माघ १८

माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यूको समुपस्थितिमा आज मिति २०७५/१०/१८ का दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश सरकारको वार्षिक बजेट तथा कार्यक्रममा समावेश हुने सार्वजनिक निजी साझेदारी (Public Private Partnership) द्वारा संचालन गर्न सकिने कार्यक्रमहरुको संचालनमा सहकार्य गर्ने विषयको समझदारी पत्रमा प्रदेश सरकारको तर्फबाट माननीय आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलज्यू र नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघकी अध्यक्ष श्री भवानी राणाज्यूबाट हस्ताक्षर भएको छ।